Incident Reports

गाडीमा चढेकी युवतीलाई जबरजस्ती करणी गर्ने चालक र सह–चालक पक्राउ

2015-06-02

Lumbini, Dang, Ghorahi

दाङमा एक युवतिलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दाङले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही नगरपालिका–६ गिठेपानी निबासी १९ बर्षका सन्तोष पाण्डे र लक्ष्मीपुर–२ निबासी ३० बर्षका शेरबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवत्ता रजिंत सिङ राठौरले जानकारी दिएका छन् । हिजो साँझ ७ बजे दाङको लक्ष्मीपुर ६ भलाई सोताको नर्सरीमा जबरजस्ती बलात्कार गरेको अभियोगमा गाडीका चालक र सहचालक समेत रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको हो । लक्ष्मीपुरबाट घोराही आउदै गरेको गाडिमा चढेकी युवतीलाई गाडीकै चालक र सहचालकले नर्सरीमा रोकेर बलात्कार गरेको प्रवक्ता राठौरले जानकारी दिएका छन् । पक्राउ परेका दुबै जानालाई जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान गर्न अझै बाँकी रहेको भन्दै गाडिको नम्बर खुलाएको छैन् । मुलकी ऐन एघारौ संशोधनले गरेको सजायसम्बन्धी व्यवस्थामा पुनः लैङगिक समानता कायम गर्ने ऐन, २०६३ ले जबरजीती करणीको ३ नं अनुसार २० बर्ष वा सो भन्दा बढी उमरकी महिला भए दोषीलाई ५ देखी ७ बर्ष सम्को जेलसजाय हुने व्यवस्था रहेको छ ।।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments