Incident Reports

धरानमा किशोरीको सामूहिक बलात्कार

2015-06-08

Province 1, Sunsari, Dharan

धरान, जेष्ठ २६ - सोमबार धरानमा एक किशोरीको सामूहिक बलात्कार भएको छ । बेलुकी ९ बजे आफ्ना केटासाथीका साथ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिम क्षेत्रको चौरमा बसिरहेकी १६ बर्षीया किशोरीका केटा साथीलाई कुटपिट गरी किशाेरीलाई नजिकैकाे जंगलमा लगि बलात्कार गरिएकाे प्रहरीले जनाएको छ । ‘उनीसँग रहेका केटा साथीलाई मरणासन्न हुनेगरी कुटपिट गरेर किशोरीलाई नजिकैको चारकोसे जंगलमा लागि बलात्कार गरिएको उजुरी आएको छ,’ इलाका प्रहरी कार्यालयका डीएसपी सुदमकुमार सिजापतिले बताए । किशोरीको मुख र आँखामा पट्टी बाँधेर ८–९ जनाले बलात्कार गरेको लिखित उजुरी परेको उनले बताए । बलात्कारपछि जंगलमा छाडिएकी किशोरी मुश्कीलले घर आइपुगी घटनाबारे अभिभावकलाई जानकारी गराएकी थिइन् । लगत्तै उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उजुरीपछि प्रहरीले संकास्पद सात जनालाई पक्राउ गरेको छ । त्यसमध्ये एकजनाले अपराध कबुल गरेको डिसएपी सिजापतिले बताए । अन्य बलात्करीको पनि प्रहरीले खोजी गरिरहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments