Incident Reports

बहुविवाह गर्ने ससुरालीबाट पक्राउ

2015-06-18

Madhes, Mahottari, Gaushala

छोरा नजन्माएको भन्दै एउटा पत्नी हुँदाहुँदै अर्को विवाह गरेको एक युवकलाई प्रहरीले नयाँ ससुरालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–९ बस्ने ३० वर्षीय मुकेश महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जेठ ३२ गते राति महोत्तरीको गौशाला–४ बस्ने वीरेन्द्र महतोकी छोरी १८ वर्षीया सीमासँग बहुविवाह गरी उनकै घरमा बसिरहेको मुकेश र सीमालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । विसं २०६९ मा विवाह बन्धनमा बाँधिएकी मुकेशकी जेठी पत्नी सञ्जु देवीले बुधबार पति मुकेशविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहुविवाह मुद्दा दायर गरेपछि जिप्रकाबाट खटिगएको टोलीले मुकेश र सीमालाई नयाँ ससुराली घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । उनीहरुमाथि बहुविवाह मुद्दा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 Comments