Incident Reports

बलात्कारका आरोपित थुनामा

2015-06-23

Bagmati, Bhaktapur, Suryabinayak

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रे जिल्ला बालुवा -२ स्थायी घर भएका २० वर्षीय सुदर्शन दनुवार राईलाई जिल्ला अदालत भक्तपुरले असार ६ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आरोपितले जेठ ११ गते पीडितलाई डर त्रासमा पारी बलात्कर गरेको भन्दै पीडितका बावुले जेठ १२ गते भक्तपुर जिल्ला प्रहरी प्रभाग जगतीमा उजुरी दर्ता गराएका थिए । प्रहरीले आरोपितलाई पलाँसे सूर्यविनायकबाट जेठ १२ गते गिरफ्तार गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखेको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको थियो । रमिला तण्डुकार

0 Comments