Incident Reports

बलात्कृत महिलाले न्याय पाइनन्

2015-06-29

Madhes, Sarlahi, Haripur

बलात्कारपछि पीडित खुलेर बाहिर आउन नसकिरहेका बेला समाजमै घटना गुपचुप पार्ने परम्पराले उनीहरूलाई न्यायबाट वञ्चित गरिरहेको पाइएको छ। प्रहरीमा धाउँदा समेत अनुसन्धान गर्नु साटो थप प्रमाण लिएर आउनू भन्दै अल्झाइने गरेको पीडित गुनासो गर्छन्। सर्लाही, पिँडारी–९ स्थित मुसहरी टोलकी ४५ वर्षीया छठिया मुसहर यस्तै घटनाको सिकार भएकी छन्। जीवनमरणसँग जुझिरहेकी उनी प्रहरीबाट न्याय नपाएपछि अधिकारकर्मीलाई गुहार्न पुगेकी छन्। एक साताअघि छिमेकी महेन्द्र माझीले घरमा कोही नभएको मौका छोपी आफूलाई बलात्कार गरेको छठियाको आरोप छ। उनका अनुसार माझीले उनलाई छुरा प्रहार गरी मुख थुनेर बलात्कार गरेका थिए। यसबारे इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी गर्न जाँदा प्रहरी निरीक्षक राजकुमार कार्कीले प्रमाण लिएर आउन भन्दै फर्काइदिएको परिवारले जनाएको छ। दायाँ निधारमा छुरा प्रहारबाट गहिरो घाउ, जिउभरि नीलडाम लागेकी छठिया अहिले हताश मानसिकतामा छिन्। घटनाको दुई दिनपछि मात्रै उनको होस खुलेको थियो। छठियाले घटनाबारे बताएलगत्तै आफन्त गीतादेवी र भाइ उजुरी गर्न प्रहरी कार्यालय गएका थिए। दुई वर्षअघि पनि बाख्रा चराउन जंगल गएका बेला उनै महेन्द्रले छठियालाई बलात्कार गरेको परिवारको दाबी छ। उनीहरूका अनुसार त्यति बेला समाजका अगुवाले दस हजार जरिवाना तिराई घटना गुपचुप गराएका थिए। त्यही प्रतिशोधमा महेन्द्रले पुनः बलात्कार गरेको परिवारले जनायो। गत सोमबार राति साढे ११ बजे महेन्द्रले सुस्त मनस्थितिकी छठियामाथि बलात्कार गरेका थिए। अन्याय गर्नेलाई कारबाही गर्नु साटो इलाका प्रहरी कार्यालय, हरिपुर भने घटनालाई सामान्य भन्दै पन्छिएको छ। स्थानीयको लगातार दबाब बढेपछि प्रहरीले आरोपी महेन्द्रलाई पक्राउ त गर्यो् तर कारबाही अघि बढाउन ढिलाइ गरिरहेको स्थानीयको आरोप छ। महिलालाई चोटपटक लागेको देखिए पनि बलात्कृत भएको प्रमाण नभएका कारण आरोपितलाई कारबाही गर्न नसकिएको प्रहरी निरीक्षक कार्कीले बताए। साताअघि भएको घटना विषयमा कुनै जानकारी नभएको बताउँदै सर्लाहीका प्रहरी उपरीक्षक केदार ढकालले पीडित महिलाको तत्काल स्वास्थ्य परीक्षण गरी दोषीलाई कारबाही गरिने बताए। बलात्कार भएको २४ घन्टाभित्र पीडित र पीडकको स्वास्थ्य परीक्षण गर्नुपर्ने कानुनी प्रावधान छ। तर, सात दिनअघि बलात्कृत महिलालाई अब मेडिकल गराउँदा प्रमाण नहुने स्थानीय गीतादेवीले बताइन्। पीडित महिला सोमबार मध्यराति रगतले लतपत भएको अवस्थामा टायरगाढामा उपचारका लागि आएको र प्राथमिक उपचार गरी प्रहरीमा पठाएको हरिपुरका स्वास्थ्यकर्मी जगदीश यादवले बताए। पीडितले न्याय नपाएर तड्पिरहेका बेला महेन्द्रलाई भने प्रहरीले एक रात थुनेर छाडिदिएको छ। पीडक खुलेआम गाउँमै घुमिरहँदा मुसहर टोल भयभीत छ। प्रहरीको लपारबाहीले मुसहर महिला अन्यायमा परेको ग्रामीण नारी उत्थान संघ हरिपुरकी अध्यक्ष सुधा चालिसेले बताइन्। कमजोर महिलामाथि भएको जघन्य घटनामा प्रहरीले लापरबाही गरेको उनले आरोप लगाए। यता मुसहर महिलालाई न्याय दिलाउन दोषी पहिचान गरी तत्काल कारबाही गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीले माग गरेको छ। सर्लाहीमा गरिब बस्तीमा हुने बलात्कारको घटना प्रहरीसम्म नपुग्ने र पुगे पनि प्रहरीको लापरबाहीले पीडित थप पीडामा पर्ने गरेको चालिसे बताउँछिन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments