Incident Reports

घूस लिएको आरोपमा सुब्बा पक्राउ

2015-06-30

Lumbini, Banke, Ward 11

असार १४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरले जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा इदि्रसअलि बेहानलाई घूस लिएको अभियोगमा कार्यालयबाटै पक्राउ गरेको छ । लेनदेन मुद्दामा एक सेवाग्राहीबाट १ लाख रुपैयाँ घूस लिएको उनीमाथि अभियोग छ । अख्तियारले उनको साथबाट उक्त रकम बरामद गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा दरबन्दी रहेकोमा उनी काजमा बाँकेमा थिए । उनलाई अख्तियारले थप छानविनका लागि कोहलपुरस्थित आफ्नो हिरासतमा लगेको छ ।

0 Comments