Incident Reports

जबरजस्ती बिष सेबन गराई हत्या गराउने शाहीलाई सर्वश्वसहित जन्मकैद

2015-05-09

Lumbini, Banke, Nepalgunj

नेपालगन्जकी रुक्मिणी शाहलाई बिष सेबन गराई हत्या गरेको ठहर गर्दै पुनरावेदन अदालत नेपालगञ्जले, नेपालगन्ज कारकादोका महेन्द्रबहादुर शाहीलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ। बिशाला ४ दैलेख घर भई बाके कारकादो बस्ने शाहीले आफ्नै कोठामा २०६५ वैशाख २७ गते आफ्नै श्रीमति शाहलाई जवरजस्ती बिष (सल्फास) सेवन गराई हत्या गरेका थिए। जवरजस्ती बिष सेवन गराइएपछि सिकिस्त अबस्थामा रहेकी शाहको उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। घटना पछि उनका अर्का दाजु जयनारायण शाहले महेन्द्रबहादुर शाही समेतलाई बिपक्षी बनाई किटानी जाहेरी दिएका थिए। जवरजस्ती बिष सेवन गराई हत्या गरेको अभियोग लागेका शाहीलाई जिल्ला अदालत बाँकेका न्यायधीश शेखर पौडेलको इजलासले सफाई दिएको थियो। जिल्ला अदालतको फैसला चित्तो बुझ्दो नभएको जनाउँदै पुनरावेदन सरकारी बकिलको कार्यालय नेपालगन्जले पुनराबेदन अदालत नेपालगन्जमा पुनरावेदन गरेको थियो। पुनराबेदन अदालतका न्यायधीश रामकृष्ण खनाल र यमुना भट्टराईको संयुक्त इजलासले शाहीलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेको जोहरबालाका कानुन ब्यबसायी अभिबक्ता लोकबहादुर शाहले बताए। जवरजस्ती बिषसेवन गराई श्रीमतीको हत्या गरेका शाहीलाई २० बर्ष कैद सजायका अतिरिक्त उनको अंशमा पर्ने सम्पत्ति समेत जफत हुनेछ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments