Incident Reports

८ बर्षीया बालिकामाथि ७० बर्षीय वृद्धद्वारा बलाात्कार, बलात्कारी गिरफ्तार

2015-06-30

Madhes, Mahottari, Bhangaha

महोत्तरीको हरिहरपुर हरिणमरी गाविसमा सोमबार साँझ ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । हरिहरपुर हरिणमरी गाविस–४ की बालिकालाई सोही गाउँ बस्ने ७० वर्षीय मटर साफीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बालिका आफ्नो घरभन्दा करिब चार-पाँच सय मिटर उत्तर वनतिर खेल्न गएको बेला सोही वनमा भैँसी चराइरहेका मटरले उनलाई ललाइफकाई वनमा बनाइएको छाप्रोमा लगेर बलात्कार गरेको प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । मटरलाई गएराति प्रहरी चौकी सीतापुरबाट खटिगएका टोलीले समातेर जिल्ला प्रहरी कार्यालयमा ल्याएका छन् भने निजमाथि जिल्ला प्रहरीले जबरजस्ती करणी मुद्दा चलाउने तयारी गरिरहेको छ । पीडित बालिकालाई आवश्यक जाँचका लागि राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments