Incident Reports

दश हजार घुससहित दुई कर्मचारी पक्राउ

2015-06-30

Gandaki, Kaski, Nechasalyan, Ward 19

अख्तियार पश्चिमांचलन क्षेत्रीय कार्यालयले यातायात व्यवस्था कार्यालय गण्डकीका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । यातायात कार्यालयका कर्मचारी लेखा अधिकृत गोविन्द बराल र लोखापाल नारायणहरि अधिकारीलाई दश हजार घुससहित नियन्त्रणमा लिएको अख्तियारका डिएसपी श्याम राईले नागरिकन्युजलाई जानकारी दिए । सेगाग्राही टेकबहादुर बडुवालले आफ्नो गाडीको नविकरण गरिसकेपछि पनि ब्लूबुक फिर्ता नपाएको र कर्मचारीले घुस मागेको उजुरी अख्तियारमा दिएका थिए । निजी कार बा२च नम्बरको कार नविकरणका लागि २४ हजार तिरिसकेपछि पनि विभिन्न बहानामा ब्लूकुब फिर्ता नदिएपछि अख्तियार गुहारेको बताए । उनले बैखाश ३ गते नै यातायात कर्मचारीले भनेअनुसारको राजश्व तिर्दा पनि कर्मचारीले ब्लूबुक फिर्ता नदिएपछि आजै अख्तियारमा उजुरी दिएका थिए । सेवाग्राही बडुवाल अख्तिारका कर्मचारीसहित घुससहित अख्तियार पुगेका थिए । सोही बेला अख्तियारले दुवै कर्मचारीलाई नियन्त्रणमा लिएको डिएसपी राईले बताए ।

0 Comments