Incident Reports

पूर्वलडाकुका हतियार बरामद

2015-06-30

Bagmati, Kathmandu, Tokha

सशस्त्र द्वन्द्वकालमा माओवादी लडाकुले प्रयोग गरेका हतियार प्रहरीले बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगन्जले पूर्वमाओवादी लडाकुलाई त्यो बेलाको हतियारसहित पक्राउ गरेको हो। टोखाको चिया पसलमा पेस्तोल बोकेको सूचना पाएपछि गएको प्रहरीले दुई व्यक्तिलाई पक्राउसमेत गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा वालिङका दुर्गासिंह गुरुङ र सोलुखुम्बुका विनोद कट्टेललाई पक्राउ गरेको हो। कट्टेल पूर्वमाओवादी लडाकुसमेत हुन्। प्रहरीले गुरुङको कम्मरमा बाँधेको झोलाभित्र सीपीएनएम लेखेको कटुवा पेस्तोल बरामद गरेको हो।
National/Online Media

0 Comments