Incident Reports

दोलखाको सशस्त्र क्याम्पमा ढुङ्गामुढा

2015-07-01

Bagmati, Dolakha, Bigu

भूकम्पपीडित परिचयपत्र र १५ हजार नगद वितरण गर्दागर्दै विवाद उत्पन्न भएपछि सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण भएको छ । दोलखाको उत्तरी लामावगरस्थित गोंगरको सशस्त्र क्याम्पभित्र भएको आक्रमणमा ३ जना प्रहरी र १ जना स्थानीय घाइते भएका छन् । गम्भीर ३ जनालाई हेलिकप्टरबाट उपचारका लागि सशस्त्र अस्पताल काठमाडौं बलम्बु लगिएको छ । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार मंगलबार माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सुरक्षार्थ खटिएका शसस्त्र क्याम्पभित्र परिचयपत्र र नगद वितरण भैरहँदा आक्रमण भएको हो । वितरणको क्रममा दिउँसो ११ बजेतिर मदिरा सेवन गरेका समूहले क्याम्पभित्र ढुङ्गामुढा गरेका थिए । परिचयपत्र लिन र नगद बुझ्न आएका भूकम्पपीडितलाई बचाँउने क्रममा बरिष्ठ हवल्दार तीर्थबहादुर राणाभाटलाई गर्दनमा ढुङ्गाले लागेको छ । जवान हेमराज महतोको टाउको र मुखमा ढुङ्गाले लागेको छ । त्यसैगरी स्थानीय गुण्डे तमाङ पनि सिकिस्त छन् । घाइते ३ जनालाई प्रारम्भीक उपचारपश्चात हेलिकप्टरमा काठमाडौं लगिएको हो । सामान्य घाइते जवान इश्वर वस्नेतको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । प्रजिअ लामिछानेका अनुसार एकल महिलालाई पनि परिचयपत्र दिनुपर्छ भन्ने विवाद झिक्दै आक्रमण भएको जानकारी आएको बताए । आक्रमणमा परिचयपत्र दिन नमिल्ने समुह संलग्न रहेका छन् । हुलदंगा गरेर परिचपयपत्र र १५ हजार लिन उनीहरुले जवरजस्ती गरेको स्थानीयले बताए । क्याम्पमा आक्रमण गर्नलाई प्रहरीले खोजीरहेको छ । परिचयपत्र र नगद वितरण जारी रहेको प्रजिअले जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth na
Total Injured 4
National/Online Media

0 Comments