Incident Reports

सशस्त्र प्रहरीद्वारा स्थानीयमाथि कुटपीट

2015-07-01

सशस्त्र प्रहरी बल हिम शिखर गुल्म फिदिममा सशस्त्र प्रहरी जवानहरुले ३ युवाहरुलाई निर्घात कुटपीट गर्नुका साथै एक महिलामाथि दुर्व्यवहार गरेका छन्। फिदिम नगरपालिका–४ जोरसाल र सडक विभाग विच एक्लेसाल भन्ने ठाँउमा बसिरहेका उनीहरुमाथि गुल्मको गाडीमा आएका सशस्त्र प्रहरीले निर्घाट कुटपीट गरेका हुन्। कुटपीटबाट फिदिम–२ पल्लोटारका २७ बर्षीय निरज लावती, २६ बर्षीय शम्भु लावती, फिदिम–४ किशोर आङ्देम्बे शख्त घाइते भएका छन्। सशस्त्र प्रहरीहरूले किशोरकी श्रीमती १८ वर्षीय सुमा आङ्देम्बे र भाउजु २५ वर्षीया सञ्च आङ्देम्बेलाई दुर्व्यवहार गरेका हुन्। यस्तै किशोरका करिब ६५ बाबुलाई समेत कुटपीट गरिएको हो। कुटपीटबाट निरजको खुट्टा, ढाड र आँखामा गम्भीर चोट लागेको छ भने शम्भुको दायाँ हात भाच्चिएर जिल्लामा उपचार हुन नसकी जिल्ला बाहिर रेफर गरिएको निरजका दाजु विजयबोध लावतीले बताए। अन्य घाइतेहरुको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बुधवार साँझ ७:३० बजे बाटो छेउमा बसिरहेका उनीहरूसँग सशस्त्रका जवानहरुसँगको विवादपछि हवल्दार ध्रुब प्याकुरेलसहित आएका सशस्त्र प्रहरीहरूले आफ्नै गाडीमा हालेर गुल्ममा लगि निर्घात कुटपिट गरेको पीडितले बताए। साँझ ७:३० बाट करिब २ घण्टा नियन्त्रणमा राखेर कुटपीट गरी सशस्त्रले राति ९:३० बजे पाँचथर जिल्ला अस्पताल पुर्‍याएका थिए। करिब ३० जनाको संख्यामा आएका सशस्त्र प्रहरीले अस्पताल हाता नियन्त्रणमा लिएर पीडितका आफन्त, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई पीडितलाई भेट्नबाट बञ्चित गरेका थिए। ‘हामी राति अस्पताल पुगेका थियौँ, यिनीहरु प्रेसका मान्छे भन्दै घाइतेलाई भेट्न दिइएन्’ पत्रकार महासंघ पाँचथर शाखाका सचिव गिरिराज बाँस्कोटाले भने। यद्यपी जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रविराज थपलियाले मादक पदार्थ सेवन गरी सशस्त्र प्रहरीमाथि जाइलागेकाले नियन्त्रणमा लिने क्रममा बढि बल प्रयोग गरिएको दाबी गरे।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 3
National/Online Media

0 Comments