Incident Reports

कक्षाकोठामा अन्धाधुन्ध चक्कु र रड प्रहार

2015-07-02

Bagmati, Kathmandu, Kathmandu, Ward 7

गोठाटारको एक सामुदायिक विद्यालयमा शिक्षकले पढाइरहेको बेला कक्षाकोठामा पसेर तीन युवाले अन्धाधुन्ध चक्कु र रड हानेका छन् । जथाभावी चक्कु हान्दा एक छात्राको देब्रे हातमा गहिरो चोट लागेको छ । तेजविनायक उच्च माविमा ८ कक्षामा पढ्ने १५ वर्षीया हेमा कटुवाललाई चुक्कुले लागेको । बिहानी सत्रमा पढाई हुने उक्त विद्यालयमा बिहीबार बिहान १० बजे आएका तीन किशोरको समूहले अन्धाधुन्ध चक्कु र रड हान्दा कटुवाललाई लागेको हो । प्रहरीका अनुसार गाँजा खाने ती युवाहरुले स्कुल भित्र जबरजस्ती छिरेर गरेर तण्डाव मच्चाएका थिए । प्रहरीले विद्यालय परिसर भित्र पसेर उद्धण्डता मच्चाउने उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोठाटारका सुलभ पण्डित, नविन दाहाल र अभिनाश दाहाल छन् । महानगरीय प्रहरी प्रभाग काँडाघारीले पक्राउ गरेका उनीहरुलाई नयाँ बानेश्वर वृत्तमा राखिएको छ । स्कुलका प्रिन्सिपल मधुसुदन तिम्सिनाका अनुसार पक्राउ परेकामध्ये नविन स्कुलका पुराना विद्यार्थी हुन् । २०६७ सालमा ९ कक्षामा भर्ना हुन आएका उनी तीन महिना समेत स्कुलमा टिकेनन् । साथीसँग झगडा गर्ने, कुटपिट गर्ने लगायत अनुशासनहीन काम गरेपछि उनलाई 'रेष्टिकेट' गरिएको तिम्सिनाले बताए । ‘त्यसपछि ६/६ महिनामा आउँदै यस्तै बितण्डा मच्चाउने गरेका छन्,’ उनले भने ‘हरेक पटक प्रहरीले लैजान्छ, कागज गरेर छाडिदिन्छ ।’ घाइते कटुवालको देब्रे हातमा चक्कुको गहिरो घाउ छ । उनको हातमा १२ टाँका लगाइएको छ । बिहान कक्षा सञ्चालन भइरहेका बेला ढोकामा लात्तीले हान्दै एक विद्यार्थी कक्षा भित्र पसेको विद्यालयका शिक्षक इन्द्र कडरियाले बताए । ‘म सामाजिक विषय पढाइरहेको थिएँ,’ उनले भने, ‘नविन दाहाल ढोकामा लात्ती हानेर भित्र छिर्‍यो, मैले सोधी खोजी गर्दा मुख छाडेर गाली गर्‍यो ।’ नविनले ९ कक्षामा पढ्ने विजय नेपालीलाई खोजेका थिए । शिक्षक कडरियाले नेपालीलाई बाहिर पठाएर पढाउन सुरु गरेका थिए । त्यहीबेला नेपाली कक्षामा फिर्ता भए । उनी फिर्ता भएको केही समयमा पुन: कक्षामा कोठामा पसेर फलामे रड र चक्कुले तर्साउन थालेका थिए । पढिरहेका विद्यार्थी अत्तालिँदै भाग्न खोज्दा कटुवाललाई चक्कु लागेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth na
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments