Incident Reports

हत्या आरोपित ज्वाइँससुरा पक्राउ

2015-07-07

Bagmati, Bhaktapur, Changunarayan

सासूससुरा र लोग्ने मिलेर बुहारीको हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिषर भक्तपुरले ज्वाइँससुरालाई आज पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । चाँगुनारायण नगरपालिका वडा नं ५ झौखेलकी सविता काफ्ले न्यौपानेको गत जेठ ३२ गते परिवारका सदस्यले हत्या गरेको आरोपमा माइती पक्षले किटानी जाहेरी घरका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । घटनालगत्तै प्रहरीले सविताका लोग्ने सुरेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको थियो । मृतक सविताको किरिया सकिएपछि ससुरा शिव र ज्वाइँ रञ्जित खतिवडालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता श्याम ज्ञवालीले जानकारी दिए। किटानी जोहरी दिइएकामध्ये सासू माइलीलाई सविताको २८ महिनाको छोरा रेखदेख गर्ने मानिस नभएपछि अदालतमा हाजिर गराउने गरी निगरानीमा घरमै राखिएको र मृतककी माइती बस्दै आएकी आमाजू सङ्गीता खतिवडा भने फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । घटना भएपछि यही असार १ गते स्थानीय महिलावादी सङ्घसंस्था, छिमेकी र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– ३ नयाँबस्तीको माइती पक्षले महानगरीय प्रहरी परिषर भक्तपुरमा सविताको हत्या गरिएको भन्दै किटानी जाहेरी दिएको थियो। न्यौपाने परिवारले भने सविताको हत्या नभएको र आफूखुसी विष सेवनबाट मृत्यु भएको जिकिर गरेको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments