Incident Reports

कपिलबस्तुमा लोग्ने र उनका परिवारद्वारा एक महिलाको हत्या

2015-06-30

Lumbini, Kapilbastu, Mayadevi, Ward 4

पिपरा गाविस-२ की २१ बर्षीया मेराजु नीशाको पति २२ बर्षीय मेहताव अालम सहितका परिवारका सदस्य मिलेर ०७२ असार २२ गते विहान हत्या गरेको माइती पक्षले अारोप लगाएका छन्। पति मेहतावलेसँगै सुतेकी श्रीमतीलाई घाँटी थिचेर हत्या गरी कोठामा राखिएको र काल गतीले मृत्यु भएको भन्दै विहान ४ बजे माईतीपक्षलाई खबर गरेको र माईतीपक्षका बाबु लगाएतका गाँउलेले जादा घाँटी थिचिएको अवस्था, घाँटीमा निलडाम रहेको र शरीरका विभिन्न भागमा समेत चोत देखेपछि हत्या भएको हुनसक्ने भन्दै माईतीपक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको पति, ससुरा र जठाजुलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरेको छ भने मृतकको लास जिल्ला अस्पताल तोलिहवामा पोष्ट मार्टम गरिएको छ । राजपुर गाविस-२ माईत भएकी मेराजु नीशाको डेढ महिना पहिले मागी विवाह भएको थियो भने २० दिन पहिले उनी घरमा गएको काका मोहमद रफिकले बताएका छन। उनको किन हत्या भयो भन्ने बारे प्रहरीले अनुसन्धान भईरहेको बताएको छ । एन पाैडेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments