Incident Reports

जनताकाे राय सुझाव संकलन कार्ययाेजना बहुमतले पारित

2015-07-10

Bagmati, Kathmandu, Kathmandu, Ward 10

चार मधेस केन्द्रित दलकाे अबराेधकाबीच संविधानसभाकाे बैठक सुरू भएकाे संविधानसभा बैठकले प्रचार पसार र जनताकाे राय सुझाव संकलन कार्ययाेजना बहुमतले पारित गरेकाे छ । नागरिक सम्बध तथा सुझाव समितिकी सभापति प्रमिला राणाले प्रचार प्रसार र जनताकाे राय सुझाव संकलन कार्ययाेजना बहुमतले पारित गरेकाे हाे । यही असार ३१ गतेदेखि जनताकाे राय सुझाव संकलनकाे लागि सभासद जिल्लामा जाँदैछन् । बैठककाे सुरूकाे सद्भावनाका सभासद लक्ष्मणलाल कर्णले संविधानकाे विधेयक ल्याउन तरिका र जनताको राय सुवाझको लागि समय कम भएकाे भन्दै अापत्ति जनाए ।उनले चार जनाकाे पदपूर्तिकाे लागि जनतकाे अधिकार खाेस्न नपाइने भन्दै जनतामा जाने समय अपुग भएकाे बताए । कर्णले बाेलेपछि संघीय समाजवादी फाेरम नेपाल, तमलाेपा, सद्भावना र तमसपाका सभासदले नाराबाजी सुरू गरेका थिए । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले अाशन ग्रहण गर्न गरेकाे अाग्रह नमानेपछि नेम्वाङले संविधानसभा बैठक अगाडी बढाएका थिए । बैठकमा बाेल्दै नेमकिपा सभासद डिल्लीराज काफ्लेले जनताकाे सुझाव लिने समय कम भएकाे बताएका थिए

0 Comments