Incident Reports

बालिकामाथि जबर्जस्ती करणी गर्नेलाई पाँच वर्ष कैद

2015-07-12

Bagmati, Chitawan, Bharatpur, Ward 10

एक १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको ठहर गर्दै चितवन जिल्ला अदालतले एक जनालाई पाँच वर्ष कैद सजाय सुनाएको छ । भण्डारा–८ का ४८ वर्षीय एकनाथ हुमागाईँलाई अदालतले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय तोकेको हो । जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले मुद्दाको फैसला गरेको थियो । हुमागाईँले गत फागुन ७ गते साँझ छिमेकी बालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । बालिकाको अभिभावकका तर्फबाट प्रहरीमा दिइएको किटानी दायरीका आधारमा प्रहरीले अनुसन्धान गरी सरकारी वकिलको कार्यलयमार्फत मुद्दा दायर भएको बालिकाका तर्फबाट वहस गर्नुभएकी अधिवक्ता फूलमाया रानाभाटले जानकारी दिनुभयो । यसैबीच आमालाई कुटपिट गरी हत्या गरेको आरोप लागेका वीरेन्द्रनगरका गणेश अधिकारी र उनको श्रीमती रेनुका अधिकारीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । न्यायाधीश विनोदमोहन आचार्यको इजलासले बिहीबार यस्तो आदेश गरेको हो । गत जेठ ८ गते कुटपिटबाट घाइते भएकी वीरेन्द्रनगर–३ की धनकुमारी अधिकारीको उपचारका क्रममा जेठ १४ गते भरतपुरमा मृत्यु भएको थियो । मृत्युपछि छोराहरू गणेश र शालिकरामले एक अर्कालाई हत्याको दोष लगाएर जिल्ला प्रहरीमा उजुरी दिएका थिए । बिहीबारको आदेशमा आरोपितहरू कान्छा छोरा शालिकराम र उनका छोरा (मृतकको नाति) प्रदीपराज अधिकारी भने २२ हजार पाँच सय धरौटी राखी छुटेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments