Incident Reports

बन्दका कारण पूर्वको जनजीवन प्रभावित

2015-07-16

Province 1, Jhapa, Ward 7

लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले अरुण पूर्वका नौ जिल्लामा आह्वान गरेको आम हडतालका कारण आज पूर्वको जनजीवन प्रभावित भएको छ । अरुण पूर्व नौ जिल्लालाई लिम्बुवान नामाङ्कन तथा सीमाङ्कन गर्न माग गर्दै लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले गरेको आम हडतालका कारण पूर्वको जनजीवन प्रभावित भएको हो । बन्दका कारण लामो दूरीका सवारीसाधन छिटफुट मात्र चलेका छन् भने छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । त्यस्तै उद्योगधन्दा, कलकारखाना पनि सञ्चालनमा आउन सकेका छैनन् । सो पार्टीले शिक्षण संस्था र तिनका सवारीसाधनलाई निर्बाध सञ्चालन गर्न दिने तथा आम हडतालको कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउने जनाएको छ । प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बन्दका कारण झापामा अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र उच्च सतर्कता अपनाएको बताउनुभयो । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis