Incident Reports

सामूहिक बलात्कारीलाई ११ वर्ष कैद

2015-07-16

Lumbini, Banke, Rapti Sonari

पुनरावेदन अदालतको आदेशपछि कञ्चनपुर जिल्ला अदालतले सामूहिक बलात्कार मुद्दाको फैसलापूर्वको आफ्नो आदेश पुनरावलोकन गरी दोषीलाई कैद सजाय तोकेको छ। पुनर्वास नगरपालिका ५ मा फागुन पहिलो साता एक युवतीमाथि भएको सामूहिक बलात्कार घटनामा जिल्ला अदालतको सुरुको आदेशबाट दोषीमध्ये १ बाहेक अन्य ५ जनालाई २० हजार धरौटीमा पुर्पक्षमा राखेको थियो। अदालतले यसै साता उक्त मुद्दाको फैसला गर्दै दोषीलाई जनही ११ वर्ष कैद सजाय तोकेको छ। बलात्कार घटनामा संलग्न ६ जनालाई जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले सोमबार ११ वर्ष कैदसँगै पीडितलाई जनही ४० हजार क्षतिपूर्तिसमेत तिर्ने फैसला सुनाएको हो। उक्त सजाय पाउनेमा वाइसेविचवा ५ विकास बस्तीका गोविन्द, रामकिसन, चन्नु, अनिल, तीर्थलाल र श्यामलाल राना रहेका छन्। यसअघि चैत २ मा जिल्ला न्यायाधीश भोजराज अधिकारीकै इजलासले घटनामा संलग्न गोविन्दबाहेक अरूलाई जनही २० हजार धरौटीमा छाडेको थियो। जिल्लाको आदेशविरुद्ध पुनरावेदन सरकारी वकिल कार्यालयले सबै प्रतिवादीलाई थुनामा राखी पुर्पक्ष गरिपाउँ भनी पुनरावेदन गरेको थियो। पुनरावेदन अदालत महेन्द्रनगरले वैशाख १० मा जिल्ला अदालतको आदेश बदर गरी सबै प्रतिवादीलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने आदेश दिएको थियो। न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वरनाथ अमात्यको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। ‘जिल्ला अदालतको पछिल्लो फैसलाले पीडितलाई ढिलै भए पनि राहत पुर्‍याएको छ,’ जिल्ला अदालतका सूचना अधिकृत दानबहादुर सुनारले भने, ‘जाहेरी दरखास्तदेखि पीडितको स्वास्थ्य परीक्षण र बकपत्रका आधारमा फैसला भएको हो।’ उनले निरन्तर सुनुवाइ गरेर छिटोछरितो मुद्दाको छिनोफानो गर्नुपर्ने भए पनि आरोपी फरार भएको र अन्य विभिन्न कारणले ढिला भएको बताए। गत फागुन पहिलो साता विवाहमा गएकी पुनर्वास नगरपालिका १० की २० वर्षीया युवतीमाथि ब्यान्डबाजा बजाउन आएकाको समूहले उखुबारीमा लगेर सामूहिक बलात्कार गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments