Incident Reports

पढाइदिने र जागिर खुवाउने प्रलोभनमा यौन शोषण

2015-07-19

Bagmati, Lalitpur, Lalitpur, Ward 15

पढाइदिने र जागिर लगाइदिने प्रलोभन पारेर युवतीमाथि बलात्कार गर्ने एक जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । तनहुँका डम्बर बहादुर अधिकारीलाई लगनखेलबाट प्रहरीले पक्राउ गरेको हो । उनले एक १८ वर्षीया युवतीलाई १ वर्षअघि देखि नै यौन शोषण गर्दै आएको खुलेको हो । अधिकारी हालसालै वैदेशिक रोजगारबाट विदामा फर्किएका बेला पक्राउ परेका हुन् । वैदेशिक रोजगारमा जानुअघि नै अधिकारीले आफूमाथि यौन शोषण गर्दै आएको युवतीले प्रहरीसामु वयान दिएकी छिन् । पढाइदिने र जागिर लगाइदिने सर्तमा अधिकारीले युवतीलाई भाडाको कोठामा राखि यौन शोषण गर्दै आएको थिए । विदेशमा रहेका बेला अधिकारीले उनलाई पैसा र मोबाइल समेत पठाउने गरेका थिए । आफूले पढाइदिने सर्तमा युवतीलाई कोठामा राखेको र त्यसवापत उनले यौन शोषण गर्दै आएको अनुसन्धानमा सम्लग्न एक प्रहरी अधिकारीले सेतोपाटीलाई जानकारी दिए । ललितपुरका एसएसपी पिताम्बर अधिकारीले भने यस विषयमा थप अनुसन्धान भइरहेको बताए । प्रहरीले उनलाई बलात्कारको मुद्दा चलाउने तयारी गरेको छ । यस विषयमा भोलि आइतबार पत्रकार सम्मेलन गर्ने ललितपुर प्रहरीको तयारी छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments