Incident Reports

महोत्तरीमा सुझाव संकलनमा अवरोध

2015-07-20

Madhes, Mahottari, Mahottari, Ward 9

महोत्तरीको जलेश्वरमा संविधानको प्रारम्भिक मस्यौदामथि सुझाव संकलनको कार्यक्रमलाई मधेस केन्द्रित दलका कार्यकर्ताहरले अवरोध पुर्‍याएका छन् । क्षेत्र नम्बर ३ अन्तर्गत जलेश्वरस्थित जिल्ला विकास समितिको सभाहलमा सुझाव संकलनको कार्यक्रम राखिएको थियो । कार्यक्रम सुरु हुनुअघि नै सभाहल आएर बसेका मधेस केन्द्रित दलका कार्यकर्ताले कार्यक्रम सुरु हुनासाथ नाराबाजी गर्दै माइक र पोडियममा तोडफोड गरेका थिए । प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेपछि उनीहरु कार्यक्रमस्थल बाहिर नाराबाजी गरिरहेका छन् । जलेश्वरमा सुझाव संकलनको लागि सभासद रामदयाल मण्डलसहितको टोली आएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका कार्यकर्ताले मस्यौदाको विरोध गर्दै सुझाव संकलनमा अवरोध गरेका हुन् । महोत्तरीको क्षेत्र नम्बर १ को बर्दिबासमा सभासद गिरिराजमणी पोखरेलसहित पुगेको टोलीले सुझाव संकलन जारी राखेको छ । त्यस्तै, क्षेत्र नम्बर ४ र ५ मा पनि सुझाव संकलन कार्य जारी छ । क्षेत्र नम्बर २ को बलवा भन्ने स्थानमा सभासदको टोली पुग्नेक्रममा छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis