Incident Reports

रौतहटमा महिलालाई कुटपिट गरी हत्या

2015-07-25

Madhes, Rautahat, Ishanath, Ward 7

रौतहटमा एक महलिाको हत्या भएको छ। स्थानीय जटहरा गाविस– ४ की २२ बर्षिया साजरा खातुनको घरायशी विवादका कारण हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साजराका परिवारले खानामा पुरी पकाउनका लागि भनेका तर उनले भने अनुसारको खाना नबनाएको भन्दै श्रीमान, सासु र ससुराले निर्घात कुटपिट गर्दा शुक्रबार राति २ वजे उनको मृत्यु भएको हो। 'खानामा परिवारले भनेको कुरा नपकाएपछि परिवारका सदस्यले निर्घात कुटपिट गरेको खुलेको छ,' प्रहरी नायव उपरिक्षक सुधिरराज शाहीले भने,' अचेत अवस्थामा राति नै उपचारका लागि अस्पतालमा लैजाने तयारी गर्दागर्दै उनको ज्यान गएको देखियो।' कुटपिटबाट साजराको मृत्यु भए लगतै घरका तीनै जना नजिकै रहेको नेपाल भारत सिमापारी गाउ तर्फ भाग्न सफल भएको प्रहरी नायव उपरिक्षक शाहीले बताए। बिहान घरको ढोका अवेर सम्म खुल्न नसकेपछि गाउलेले प्रहरीलाइ खवर गरेका थिए । प्रहरी चौकी रामपुर खापवाट गएको प्रहरी गस्ती टोलीले घरको ढोका खोलेर हेरेपछि सजरा घरमा मृत अवस्थामा भेटिएकी थिइन। महिलाको ठाउठाउमा कुटपिटको निलडामहरु रहेको र फरार रहेका परिवारका सदस्यहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments