Incident Reports

एक दर्जन भन्दा बढी गाई मारिएको भन्दै प्रदर्शनt

2015-07-28

Sudurpashchim, Kailali, Dhangadhi

पटेलामा एक दर्जन भन्दा बढी गाई मारिएको भन्दै मंगलबार लक्ष्मीनारायण मन्दिरको अगुवाईमा गाई हत्या गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो। र्‍यालीमा गाई हत्या गर्नेलाई कारवाही गर, गाई मार्न पाईदैन, नेपाललाई हिन्दु राज्य कायम गर जस्ता नारा लगाउँदै शहरका बिभिन्न भागमा पुगेर एलएन चौकमा कोण सभा गरिएको थियो। पटेलामा केही दिनयता १०/१२ वटा गाई मारेको बुझिएको लक्ष्मीनारायण मन्दिरका व्यवस्थापक हरि न्यौपानेले बताए। भाला हानेर घाइते अवस्थामा रहेको एउटा गाईलाई उद्धार गरेर ल्याइए पनि घाईते गाईको आज विहान मृत्यु भएको छ।। गौ हत्यामा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न सरोकारवालाले माग गरेका छन्। संविधानको मस्यौदामा नेपाल धर्म निरपेक्ष रहने उल्लेख गरिएपछि नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग चौतर्फी उठीरहेका बेला गौ हत्या भएका हुन्। संविधानको मस्यौदामा सुझाव दिंदै अधिकांशले नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने माग गरेका छन्। यसै गरि कैलालीको गोदावरीमा गौ हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गोदावरी गाविसको ओलानीका देबबहादुर भुललाई प्रहरीले सोमबार पक्राउ गरेको हो। देबबहादुरले घरमै पालेको गाईले दुध नदिएको भन्दै फरुवाले हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक विश्व खड्काले बताए। देबबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाई मारेको भनेर देबबहादुरकै बुवाले छोरा विरुद्ध प्रहरीमा उजुरी दिएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Religious sectarianism
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments