Incident Reports

चितवन मा जबर्जस्ति बन्द गराउदै हिड्ने ७ जना बन्दकर्ताहरु पक्राउ

2015-07-29

संविधानको प्रस्तावनामा हिन्दुराष्ट्र कायम राख्नु पर्ने माग गर्दै हिन्दुराष्ट्र बचाउ अभियानले आव्हान गरेको बन्दको प्रभाव बिहानैबाट चितवन जिल्लामा परेको छ । बन्दले लामा तथा छोटा दुरीका यातायातका साधन चल्न सकेका छैनन । बजार र पसल बन्द छन् । बन्दकर्ता सडकमा बसेर नारबाजी गरी रहेका छन् । बन्दकर्ता भएको ठाउँमा साइकल, रिक्सा र मोटरसाइकलसमेत चल्न दिइएको छैन । डोर्‍याएर लग्नु पर्ने बाध्यता सर्वसाधरणलाई भएको छ । ७ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै विद्यालय समेत बन्द छन् । बजारका विभिन्न ठाउँमा बसेर बन्दकर्ताले प्रर्दशन गरी रहेका छन् । बन्दकर्ताले सामान बोकेका, बालबालिका बोकेर हिँडेका मोटरसाईकल साइकल, रिक्सा रोकेर डोर्‍याउन लगाउँदा सास्ती भएको देखिन्थ्यो

0 Comments