2015-07-29
भ्रष्टाचार मुद्दामा प्रदीप जंग पाण्डेसहित २१ जनालाई आममाफी दिएको भन्दै सो को बदर माग गर्दै अधिवक्ता रोशनकुमार झाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सुनुवाई भोलि बिहान ११ बजे हुने भएको छ भ्रष्टाचारको पूरानो मुद्दामा जेलमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेलाई राष्ट्रपति रामवरण यादवले सोमबार माफी दिएका थिए। उनीसहित २१ जनालाई यादवले माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति यादवले पाण्डेसहित २१ जनाको सजाय तथा जरीवाना माफी गरेका हुन्। पाण्डेलाई गत चैत ३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित निवासबाट पक्राउ गरेको थियो। पुनरावेदन अदालतले २०३९ सालमा भ्रष्टाचार मुद्दामा गरेको जरिवाना र कैद सजाय मध्ये १ वर्ष ९ महिना २७ दिन भुक्तान गर्न बाँकी रहेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा परेको थियो।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD