Incident Reports

बलत्कारका अभियुक्तलाई धरौटीमा रिहा गरेपछि विरोध

2015-07-30

बालिका बलत्कार गरेको अभियोगमा थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालत सिन्धुलीले धरौटीमा रिहा गरेपछि अखिल नेपाल महिला संघ, क्रान्तिकारी महिला संघले विरोध गरेका छन् । गत असार १ गते सिन्धुलीको मझुवा गाविस–५ बस्ने ५८ वर्षीय सोमबहादुर राईले सोही वडाकी नौ वर्षीया बालिका बलत्कार गरेको अभियोगमा पक्राउ परेका थिए । राईले बलत्कार गरेको स्वीकार गरेको तथा मेडिकल रिर्पोट, प्रहरी अनुसन्धानबाट पुष्टि भएको तर अदालतले धरौटीमा रिहा गर्ने फैसल्ला गरेपछि त्यसको विरुद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीले आर्थिक चलखेल भएको भन्दै विरोधमा उत्रिएका हुन् । 'पुष्टि भइसके पनि जवरजस्ती करणी मुद्दालाई जिल्ला अदालत सिन्धुलीले सम्पुर्ण प्रमाण एवं तथ्यहरुलाई बेवास्ता गरेको छ,' अखिल नेपाल महिला संघ क्रान्तिकारीकी सचिव दिपा बाहराले भनिन्,'पीडित बालिका र उनको परिवारलाई थप पिडा दिने गरी समाजमा अपराधिक घटना घटाउनेलाई प्रत्साहन मिल्ने गरी गरिएको फैसल्ला अत्यन्त पुर्वाग्रही र त्रुटिपूर्ण भएको हाम्रो ठहर छ ।' संघले विभिन्न पाँच बँदे मागसहित प्रेश विज्ञप्ति जारी गरेको छ । बालिका र महिलाहरुलाई जवरजस्ती बलत्कार गर्ने अपराधिलाई कानून बमोजिम कडा सजाय गरिनु पर्ने, जिल्ला अदालत सिन्धुलीले गत साउन ७ गते गरेको फैसला तथ्य र प्रमाणको आधारमा गर्नुपर्ने, सबैखाले अदालत भित्र हुने अनावश्यक राजनैतिक हस्तक्षेप एवम् ठुलो आर्थिक चलखेल बन्द गर्नुपर्ने लगायत पाँच बुदे माग संघकी जिल्ला अध्यक्ष राधाकुमारी तिमल्सीना र सचिब बोहराको हस्ताक्षरी विज्ञप्तिमा जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments