Incident Reports

सीपी गजुरेलको नेतृत्वमा ट्याक्सी चालकको हडताल

2015-07-29

Bagmati, Kathmandu, Kathmandu

उपत्यकामा नयाँ ट्याक्सी थप्ने सरकारी निर्णयको विरोधमा राजधानीका ट्याक्सी ब्यवसायीले बुधबार व्यवसाय नै ठप्प पारेर विरोध प्रदर्शन गरेका छन् । ट्याक्सी व्यवसायीको हडताललाई साथ दिन खुल्लामञ्चमा माओवादी नेता सीपी गजुरेल पुगेका छन् । ७ वटा ट्याक्सी व्यवसायीहरुले सरकारी निर्णयको विरोधमा र्‍याली निकालेका हुन् । र्‍यालीपछि खुलामञ्च पुगेर ट्याक्सीहरु पार्किङ गरी विरोध सभाको आयोजना गरिएको छ । ट्याक्सीहरु खुलामञ्च प्रवेश गर्नुअघि र्‍यालीका कारण काठमाडौं उपत्यकाको चक्रपथ भित्रको यातायात सेवा अस्तव्यस्त भएको थियो । रत्नपार्क, सुन्धारा, न्युरोडगेट, भृकुटीमण्डप, माइतीघर, पुतलीसडक, सिंहदबार र त्यस वरपरका क्षेत्रमा जाम हुँदा सर्वसाधारण समस्यामा परेका थिए । ट्याक्सी व्यवसायी किन रिसाए ? काठमाडौं उपत्यकाका सरकारले नयाँ ट्याक्सी थप्ने निर्णय गरेसँगै पुराना व्यवसायीहरु आन्दोलनलित भएका हुन् । आफ्नो व्यवसायमा असर पर्ने भएकाले उनीहरुले नयाँ ट्याक्सी थप्न रोक लगाउनुपर्ने माग गर्दै आएका छन् । ‘बजेट भाषणभन्दा पहिल्यै नयाँ ट्याक्सी ल्याउन लागिएको थियो,’ खुल्लामञ्चको कार्यक्रममा सहभागी ट्याक्सी व्यवसायीका नेता सन्तोष तामाङले अनलाइनखबरसँग भने, ‘बजेट भाषणमा रातारात यस्तो निर्णय गरियो, जसको हामीले विरोध गरेका हौं ।’ सरकारले राजधानीमा प्रयोग भइरहेका २० वर्ष पहिलेका ट्याक्सीहरुलाई विस्थासपित गर्न खोजेको र आफूहरुको रोजीरोटी खोस्न लागेको व्यवसायीको गुनासो छ । व्यवसायीहरुले अघिल्लो साता पत्रकार सम्मेलन गरेर सरकारलाई निर्णय फिर्ता नलिए आन्दोलन गर्ने व्यवसायीले चेतावनी दिएका थिए । त्यसमा सुनुवाइ नभएकाले आफूहरु हडतालमा उत्रिएको तामाङले बताए । भूकम्प पीडितलाई पनि नदिने राजधानीको ट्याक्सी व्यवसायामा पुरानाहरुको हालीमुहाली रहँदै आएको छ । उनीहरुले सडकमा नयाँ ट्याक्सीलाई घुस्न दिँदैनन् । ट्याक्सीको भन्दा बढी त्यसको नम्बर र रुट अनुमतिका लागि पैसा तिर्नुपर्ने प्रचलन छ । यसैक्रममा सरकारले भूकम्प पीडितलाई ५ सय ट्याक्सी दिने निर्णय गरेकोमा समेत व्यवसायीहरुले आपत्ति जनाएका छन् । भूकम्प पीडितलाई पनि ट्याक्सी चलाउन किन नदिने भन्ने प्रश्नमा तामाङले भने,’यो भूकम्प पीडितले पाउँदैनन्, दलाल र माफियाहरुले नम्बर लिन्छन् । यसमा केही ट्रेड युनियनहरुले पनि आर्थिक चलखेल गरेका छन् । व्यवसायीहरुले गरेको आन्दोलनमा भाग लिन वैद्य माओवादी उपाध्यक्ष सीपी गजुरेल खुल्लामञ्च पुगेका छन् । यसअघि रामबहादुर थापा बादल खुल्ला मञ्चमा आउने प्रचार गरिएको थियो । ट्याक्सीमा मनपरि भाडा उपत्यकाका ट्याक्सी सञ्चालकहरुले यात्रुलाई ठग्ने क्रम तीब्र बनेको छ । यात्रुलाई मिटरमा लान नमान्ने र दोब्बर भाडाा असुल्ने कार्य व्यवसायीहरुले गर्दै आएका छन् । यात्रुहरु मर्कामा पर्दा पनि सरकारले अनुगम गरेको छैन । भनेजति भाडा नदिँदा यात्रुलाई हप्की दप्की गर्ने गरिएको गुनासो आउने गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate , CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments