Incident Reports

बुहारी हत्या प्रयास गरेको आरोपमा ससुरा गिरफ्तार

2015-07-30

Madhes, Saptari, Ward 7

 रम्पुरा मल्हनिया गाविस-८ की १८ वर्षीया महिलालाई हत्या गर्न खोजेको आरोपमाससुरा ५५ वर्षीय फुलचन सुतिहारलाई सप्तरी प्रहरीले साउन १४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आरोपितका विरुद्ध ज्यान मार्ने उद्योगअर्न्तर्गत मुद्दा दर्ता गरेको छ । फरार रहेका अर्का अभियुक्त पीडितका जेठाजु ३० वर्षीय सुनिल सुतिहारको खोजी भइरहेको इन्स्पेक्टर लालध्वज सुवेदीले बताए । सामाजिक परम्पराअनुसार पीडितको २२ वर्षीय अनिलकुमार सुतिहारसँग ०६९ चैत ९ गते विवाह भएको थियो । पीडितका पति वैदेशिक रोजगारका लागि ०७० फागुनमा मलेसिया गएपछि आरोपितहरूले काकाससुराको नाती १३ वर्षीय बालकसँग उनको हिमचिम बढेको भन्दै चरित्रमाथि नै लाञ्छना लगाउँदै जेठ ६ गते साँझ कुटपिट गर्दै नाक थुनेर विषादी पिउन लगाएका थिए । पीडितको राजविराजस्थित अञ्चल अस्पताल, धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित श्री हस्पिटल प्रा.लि. मा उपचारपछि हाल काठमाडौंमा उपचार भइरहेको छ । दुई महिनादेखि ओछ्यानमा थलिएकी पीडित हिँडडुल गर्न सक्दिनन्, लर्बराउँदै बोल्ने उनी घटना सम्झँदा तर्सिएर कहालिन्छिन् । कम्मर मुनि नचल्ने अवस्थामा पुगेकी उनी अपरिचित मानिस देख्नासाथ भयभित हुन्छिन् र भक्कानिएर रुन्छिन् । पीडितको उपचारका क्रममा दुई महिनासम्म अस्पताल बसेर आएका पीडितका बुवाले सप्तरी प्रहरी प्रमुखसमक्ष साउन १४ गते घटनाबारेमा बताएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरी ज्यान मार्ने उद्योगअर्न्तर्गत मुद्दा दर्ता गरेको हो । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments