Incident Reports

१२ वर्षीया बालिकाको सामूहिक बलात्कार

2015-08-02

Madhes, Parsa, Pokhariya, Ward 1

पर्साको भेडियारीमा १२ वर्षीया एक बालिकालाइ तीन जना युवकले सामुहिक बलात्कार गरेका छन्। छिमेकी गाँउकै तीन जना युवकले शुक्रबार राति बालिकालाइ अपहरण गरेर धानको खेतमा लगेर बलात्कार गरेका हुन् । पोखरीया नगरपालिका वडा नम्बर ४ सतवरीया टोलका ३० वर्षिय भुपेन्द्र साह कानु , २५ गोविन्द प्रसाद चौहान र २३ वर्ष रामकलश साह कानुले भेडियारी गाविस वडा नम्बर ४ की बालिकालाइ सामुहिक बलात्कार गरेका हुन् । शुक्रबार मध्यराति पिसाब फेर्न घरबाट बाहिर निस्किएकी बालिकालाइ तीन जना युवकले बालिकालाइ अपरहरण गरेर मोटरसाइकलमा राखी गाँउ भन्दा चार किलोमिटर उत्तर तर्फको धानको खेतमा लगेर पालै पालो जबरजस्ती करणी गरेका हुन् ।सतवरीया टोल नजिकै धान रोपिएको खेतको आलीमा युवकहरुले बालिकालाइ बलात्कार गरेको प्रहरीले जनाएको छ । कसैलाइ भनिस् भने ज्यान मारिदिन्छु भन्दै तीनै जना युवकले खेतको आलीमा सुताएर पालै पालो जबरजस्ती करणी गरेको पिडित बालिकाकाके भनाइ उधृत गर्दै प्रहरीले जनाएको छ। तीनै जनाले पालैपालो बलात्कार गरेपछि पिडित बालिकालाइ युवकहरुले आफनो मोबाइलबाट बालिकाको घरमा फोन गर्न लगाएका थिए । बालिकाकाले फोनमा आफना दाजुलाइ घटना बारे बताए लगत्तै गाँउबाट पिडित बालिकाका अभिभावक र गाँउलेहरु होहल्ला गर्दै घटनास्थलमा पुग्दा बालिका अचेत अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमा गाँउलेहरु पुगे लगत्तै इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरीको टोली पनि पुगेको थियो। प्रहरी र गाँउलेहरु आएको देखे पछि घटनास्थलबाट भाग्दै गरेका तीनै जना युवकहरुलाइ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक निशान थापाले बताए ।उनिहरुलाइ इलाका प्रहरी कार्यालय पोखरीयाकै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रनि थापाले जानकारी दिए । पिडित बालिकाको वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ। स्वास्थ्य परिक्षणमा संलग्न चिकित्सकले पनि बालिकासंग जबरजस्ति करणी भएको बताए पनि स्वास्थ्य परिक्षणको लिखित रिपोर्ट भने आउन बाँकी रहेको प्रनि थापाले बताए । प्रनि थापाका अनुसार पिडित बालिकाका अभिभावकले शनिवार साँझ तीनै जना युवक विरुद्ध इलाका प्रहरी कार्यालय पोखरीयामा लिखित जाहेरी दिएका छन् । प्रहरी हिरासतमा रहेका युवकहरु विरुद्ध अपरहण शरिर बन्धक र जबरजस्तिकरणी मुद्धा चलाउने तयारी भइरहेको प्रनि थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments