Incident Reports

सार्वजनिक इनारमा पानी छोएको भन्दै दलित महिलालाई कुटपिट, मुद्दा दर्ता

2015-08-02

Madhes, Siraha, Mirchaiya

फूलबरीया ७ हाल मिर्चैया नगरपालिकास्थित सार्वजनिक इनारमा पानी छोएको विवादमा एक कथित दलित महिलालाई निर्घात कुटपिट गरिएको छ । स्थानीय कवितादेवी सदायलाई कुटपिट भएको हो । शरीरका विभिन्न भागमा निलडाम देखिएको र नाकबाट रगत बगेको उनको मिर्चैयास्थित अस्पतालमा उपचार गराइएको छ । स्थानीय लाल बाबा भन्ने लाल यादवले इनारको पानी छोएको भन्दै कुटपिट गरेको स्थानीयले बताए । पीडित कवितादेवीका अनुसार आफूले साँझको खाना पकाउन इनारमा पानी लिन गएको समयमा बाल्टिनबाट पानी खाएर सोही बाल्टिनले इनारबाट पानी ताने । लालकी १४ वर्षीया छोरी पूजाकुमारी यादवले पानी खाएको बाल्टिनले इनारबाट पानी तानेको भनेर उनी आफ्ना बुबालाई भन्न गएको कवितादेवीले बताइन् । आफ्नी छोरीको कुरो सुनेर लालले होहल्ला र गालीगलौज गर्दै इनारको पानी छोइदिएको आरोप लगाएको उनले गुनासो पोखिन् । ‘लालले गालिगलौज गर्दै कुटपिटको प्रयास गरिरहेको हेरेर स्थिति शान्त पार्न आफ्ना पति दिलकुमार र आफ्न्त सकलदेव सदायले आफूलाई नै किन इनारको पानी छोएको भन्दै तथानाम गाली गर्दै जाइलागे,’ उनले भनिन्, ‘आफू डराएर गाउँकै सासू पर्ने कारीदेवी सदायको घरमा गएर रात बिताए र आफू बिहानै सुतेर उठी आँगनमा आएको समयमा लाल आफ्ना छोरी पूजासँगै गाईबस्तु चराउन चुरेतर्फ जाँदै थिए ।’ सोही समयमा लालले अभद्र गाली गर्दै किन इनारको पानी छोएको भन्न थालेको उनले गुनासो पोखिन् । आफूले उनलाई गाली नगर्न आग्रह गर्ने बित्तिकै इनारको पानी पनि छुने र मुख पनि लाग्ने भन्दै गाईबस्तु चराउने भाटा लिएर निर्घात कुटपिट गरेको सुनाइन् । प्रत्यक्षदर्शी कारीदेवीले आफूले नकुट्न भनेपछि लालले आफूलाई नै कुटपिट गर्न खोजेपछि गाउँबाट मान्छे बोलाउन गएको सुनाइन् । सुकुम्बासी परिवारका दिलकुमारले निर्घात कुटिएकी पत्नीलाई उपचार गर्न स्थानीय साहुसँग लिएको १० हजार ऋण खर्चेको सुनाए । उनले आफ्नी पत्नीलाई कुटपिट पनि गरेको र छिमेकी गाउँ रामपुर र भगवतपुरका लालका आफन्तहरूले प्रहरीमा कारबाही नगर्न धम्की दिँदै आएको गुनासो पोखे । निरक्षर उनले दलित महिला संघ मिर्चैया र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लहानको सहयोगमा इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी निरीक्षक हरि खतिवडाले कवितादेवीलाई पानी छोएको निहुँमा नै कुटपिट गरिएकाले फरार रहेका पीडक लालको खोजी कार्य भइरहेको बताए । उनले एक निरिह महिलालाई छुवाछूत गरेको आरोपमा कुटपिट गरेकाले लाललाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments