Incident Reports

स्थानीय लाई कुटपिट गरेको मा २ जना प्रहरी जवान निलम्बित

2015-07-31

Madhes, Saptari, Balan Bihul

जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जना प्रहरी जवानलाई निलम्वन गरेको छ । हजमिनिया गाविसमा मादक पदार्थ सेवन गरेर हो हल्ला गर्दै स्थानीयलाई कुटपिट गरेको आरोपमा उनिहरुलाइ निलम्बन गरिएको हो। सो गाविस– ८ पताही टोलमा गत साउन १५ गते शुक्रबार राति गाउमा गरिवी निवारण कोषको रकमको विषयलाई लिएर भएको झगडामा स्थानीय पाँच जनालाई कुटपिट गरेर घाइते बनाएको अभियोगमा हजमिनिया घर भई मकवानपुरको इलाका प्रहरी कार्यालय भीमफेदीबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय दोलखास्थित दंगा नियन्त्रण प्रहरी गणका लागि साउन १४ गते हिडेका प्रहरी जवान सर्वजित सिंह राजपुत र रौतहटको औरहियामा रहेको सशस्त्र प्रहरी बोर्ड आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान अमरजित सिंह राजपुत निलम्बनमा परेका हुन् । दुवै जनामाथि सार्वजनिक अपराध ऐन अन्तर्गतका मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयमा ७ दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घर विदामा आएका बेला गत साउन १५ गते हजमिनीया गाविस– ८ मा भएको झगडमा स्थानीयसंग मिलेर दुवै जना प्रहरी जवानले स्थानीय बलदेव साह कानु, रामनाथ साह कानु, गीता देवी, अमोद साह कानुलगायतका पाँच जना स्थानीय वासीन्दालाई निर्घात रुपमा कुटेर घाइते बनाएपछि पीडितहरुले दिएको उजुरीका आधारमा प्रहरीले सार्वजनिक अपराध मुद्दा दर्ता गरेपछि उनिहरु स्वतःनिलम्बनमा परेको प्रहरी स्रोतले जनाएको छ । गरिबी निवारण कोषबाट ऋण लिएको बिषयलाई लिएर गाउँमा विबाद हुंदा शंकर सिंह राजपुत सहित उनका दुवै छोरा सर्वजित सिंह राजपुत, अमरजित सिंह राजपुत र उनका आफन्तहरु प्रेमसिंह राजपुत, देवजित सिंह राजपुत र कृष्ण कुमार सिंह समेतले मादक पदार्थ रक्सी सेवन गरी हो हल्ला गर्दै बालदेव, रामनाथ, गिता, शोभा देबी र अमोदलाई गाली गलौज एवं महिलालाई लछार पछार गरी कुटपिट गरी घाइते बनाई गाउमा अशान्ति मचाएको भन्ने व्यहोरासहितको जाहेरी बालदेव साह कानुले दिएको आधारमा प्रहरीले उनीहरुलाइ पक्राउ गरी मुद्दा चलाएपछि दुवै प्रहरी निलम्बनमा परेको र घटनाका अन्य अभियुक्त फरार भएको प्रहरी प्रवत्ता डिएसपि शुधिरराज शाहीले बताए । पीडित पक्षले जाहेरी दिएको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटमा केही सर्वजनिक अपराधको मुद्दा दर्ता हुने वित्तिकै पीडकहरु फरार हुन भएपनि प्रहरी जवानद्वय सिंह र उनका आफन्त कृष्णकुमार सिंहलाई पक्राउ गरिएको जानकारी दिदंै डिएसपी शाहीले अन्यको खोजी कार्य भइरहेको बताए । प्रहरी जवान सर्वजित र सशस्त्र प्रहरी जवान अमरजितलाई हिरासतमा राखेर कारवाहीको लागि पत्राचार गरी कारवाही चलाइसकेको अवस्थामा स्वतः निलम्बन भएको समेत उनले बताए । यता सशस्त्र प्रहरी वल सिमा सुरक्षा बल कार्यालय रौतहटका प्रमुख एसपी विदुर खड्काले घटनाबारे आँफूलाई जानकारी नभएको र जानकारी हुना साथ ऐन अनुसार कारवाहि हुने बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police APF
Actor 2 - Youth na
National/Online Media

0 Comments