Incident Reports

पर्सामा फेरी पनि बालिका बलात्कृत

2015-08-04

Madhes, Parsa, Pakahamainpur

२ वर्षीया बालिका जबर्जस्ती करणीमा परेको एक साता नबित्दै अर्की बालिका बलात्कृत भएकी छन्। भारतको बिहार रक्सौल थानाअन्तर्गत घरदमई गाउँ घर भई अहिले धोरे ६ स्थित मावलीमा बस्दै आएकी ११ वर्षीया बालिकालाई सोमबार करणी गरेको आरोपमा प्रहरीले गादी ७ रंगपुरटाँडीका २६ वर्षीय सुवास सहनी मलाहलाई पक्राउ गरेको हो। इलाका प्रहरी पोखरियाका निरीक्षक निशान्त थापाका अनुसार, बालिकाको मामाघर नजिकको धान खेतमा राति करिब ११ बजे मलाहले बालिकालाई जबर्जस्ती गरिरहेको अवस्थामा गाउँलेले देखेपछि प्रहरीलाई सूचना दिएका थिए। लगत्तै प्रहरी टोलीले घटनास्थल नजिकबाट मलाहलाई पक्राउ गरेको हो। मावलीमा वृद्ध हजुरबुबासँग एक्लै बस्दै आएकी बालिकालाई मलाहले ‘तिम्रो घर लगेर आमासँग भेटाइदिन्छु’ भनी ललाई फकाई लगेका थिए। घटनाको समय उनका हजुरबुबा गाउँकै मन्दिरमा पूजाआजा गर्न भनी घरबाट निस्केका थिए। पीडित बालिका र मलाह दुवैलाई स्वास्थ्य परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पठाइएको प्रनि थापाले जानकारी दिए। मलाहउपर जबर्जस्ती करणी मुद्दा चलाइनेछ। उनलाई मंगलबार जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि म्याद थप गरिनेछ। एक साताअघि भेडियाही ४ की एक १२ वर्षीया दलित बालिका शनिबार बिहान सामूहिक बलात्कारको सिकार भएकी थिइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments