Incident Reports

बन्धक बनाएर यौनशोषण गरेको आरोप

2015-08-04

Madhes, Rautahat, Brindaban

१६ वर्षीया एक बालिकालाई लक्ष्मिपुर(दो) गाविस-५ का २० वर्षीय अनिल भन्ने अमिन मन्सरीले बन्धक बनाएर यौनशोषण गरेको पीडितले आरोप लगाएकी छिन् । पीडित युवतीलाई उनकै भिनाजु नाता पर्ने आरोपितले राम्रो जागिर लगाइदिने भन्दै प्रलोभन देखाइ साउन ७ गते घरबाट ललाइफकाइ शिवनगर बजारमा ल्याएको र उक्त स्थानबाट जबरजस्ती मोटरसाइकलमा राखेर चन्द्रनिगाहपुरस्थित एक घरमा राखी लगातार बलात्कार गरेको पीडितले बताइन् । पीडितलाई आरोपित अमिन मन्सुरीले शिवनगरको एक कम्प्युटर पसलमा मासिक १८ हजार रुपियाँ तलब दिलाइदिन्छु भन्दै ललाइफकाइ ल्याएको र उनलाई चार दिनसम्म बन्धक बनाएर राखी यौनदुर्व्यवहार गरेकोमा साउन ११ गते आरोपित नभएको मौकामा रोइकराइ गर्दा बन्धक बनाइएको घरमा रहेकी एक महिलाको सहयोगमा पीडितको उद्धार गरिएको पीडितको आरोप रहेको छ । पीडितले इलाका प्रहरी कार्यालय, गरुडामा जाहेरी दर्ता गराउने समेत बताइन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैसवारले पीडितको मौखिक उजुरी आएको र जाहेरी दरखास्त परेपछि मात्र सबै कुरा खुल्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments