Incident Reports

१३ वर्षीया किशोरी बलात्कार गर्ने ७२ वर्षीय बृद्ध पक्राउ

2015-08-06

Bagmati, Kathmandu, Kathmandu

१३ वर्षीया किशोरीलाई २ वर्षसम्म बलात्कार गरेको ठहर भएका ७२ वर्षीय भरत शर्मा पक्राउ परेका छन् । करिव एक वर्ष अगाडि काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ८ वर्ष कैदको फैसला गरे पनि उनी कारागार चलान भएका थिएनन् । अदालतको फैसला निर्देशनालयको सूचीमा उनी फरार रहेको खुलेपछी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरी अदालतमा बुझाएपछि उनी डिल्लीबजार कारागार पुगेका छन् ।सर्लाही हरिवन गाविस– २ कि किशोरी सिनामंगलमा शर्माको घरमा घरेलु काम गर्न बस्दै आएकी थिइन् । परीक्षामा फेल भएपछि शिक्षिकाले उनीसँग जिज्ञासा राख्दा ७२ वर्षीय शर्माले घरमा कोही नभएको मौका पारी २ वर्षदेखि बलात्कार गर्ने गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । बालिकाले प्रहरीमा दिएको वयान अनुसार शर्माले उनलाई २०६७ सालदेखि २०६९ साउन २० गतेसम्म ज्यान मारीदिने धम्की दिई बलात्कार गर्दै आएका थिए । उनले त्यही तनावले परिक्षा विग्रिएको जानकारी दिएपछि माइती नेपालका कर्मचारी समी राईले जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएकी थिइन् । सो मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७१ कात्तिक २३ मा उनलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र प्रतिवादीबाट पीडितले पाउने गरी १ लाख क्षतिपूर्ति दिलाई भराई दिनुपर्ने फैसला गरे पनि फैसला कार्यान्वयन भएको थिएन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments