Incident Reports

महिलाको शव फेला, हत्याको आशङ्का

2015-08-06

पर्सा जिल्लाको सबैढवा गाविस-५ मा साउन २० गते बिहान एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक निशान थापाले अन्दाजी २५ वर्षीया कुसुमदेवी नुनियाको हत्या गरिएको अवस्थामा शव बरामद भएको बताए । उनले भुसमा छोपिएको अवस्थामा शव रहेको र स्थानीयवासीको सूचनाका आधारमा शव झिक्न जादा दुर्गन्ध फैलिसकेको अवस्था रहेको बताए । कुसुमका पति जोगिन्दर महतो भने फरार रहेको प्रहरीले बतायो । कुसुमदेवीको १२ वर्षअघि विवाह भएको र दुई जना छोराछोरी छन् । स्थानीयवासीले साउन १७ गते राती पतिपत्निबीच झगडा भएको बताएका छन् । प्रहरीले घटना सोही रातीकै भएको हुन सक्ने अडकल गर्दै अत्यधिक गर्मीका कारण शव दुर्गन्धित भएको बताएको छ । शवलाई पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याइएको छ । अस्पतालमा कुसुमका पिता रामसवात महतोले छोरीको हत्या भएको र ज्वाईले हत्या गरेको आरोप लगाएका छन् । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी बीरबहादुर ओलीले बताए । के.सी.लामिछाने
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments