Incident Reports

हिन्दुवादीहरुको बन्दले बाँकेको जनजिवन प्रभावित

2015-08-09

Lumbini, Banke, Nepalgunj

हिन्दु राज्यको माग गर्दै विभिन्न हिन्दुवादी संघ संगठनले आह्वान गरेको बन्दका कारण बाँकेको जनजिवन प्रभावित भएको छ । विभिन्न तीन सूत्रीय मागसहित हिन्दूवादी संघसंगठनले बाँके बन्द आह्वान गरेका हुन् । बन्दका कारण बाँकेका उद्योग, कलकारखाना, शिक्षण संस्था थप्प भएका छन् भने सार्वजनिक यातायातका साधन चल्न नसक्दा सर्वसाधारण मारमा परेका छन् । नेपालगन्जका विभिन्न स्थानमा भेला भएर हिन्दु राज्यका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् । नेपाल शिव सेना, आर्य समाज, राष्ट्रिय नागरिक संघर्ष समिति, विश्व हिन्दु युवा संघ, स्वः धर्म संस्कृति संरक्षण अभियानलगायतका २० संघ–संगठनको आह्वानमा जिल्ला बन्द गरिएको हो । बन्दका कारण कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Religious sectarianism
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu Religious Organization
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments