Incident Reports

डाक्टर नहुँदा प्रसुती सेवा प्रभावित

2015-08-10

Sudurpashchim, Darchula, Mahakali

राप्ला-८ की जानकी धामी गतसाता जिल्ला अस्पताल दार्चुलामा सुत्केरी हुन पुगिन् । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य ठिक हुन्छ भन्ने थाहा पाएपछि उनी अस्पताल पुगेकी हुन् । तुइन तरेर सदरमुकाम खलङ्गा पुगेकी उनको अप्रेशन गर्नुपर्ने भयो । सबै परिवारजन आँत्तिए । तर उनी निुशल्क प्रसुति केन्द्रमा पुग्दा ढोकामा ताला लागेको थियो । तीनसाता अघिबाट सञ्चालन भएको अप्रेशन कक्षमा ताला लागेपछि भारतीय बजार पिथौरागढमा उनको अप्रेशन भयो । निशुल्क प्रसुति भवन सुविधा सम्पन्न छ । भवन उद्घाटन भएको तीन साता पुगेको छ । एक सातामै दुइ जनाको शल्त्रिmया गरेर बच्चा जन्माइएको छ । तर तेस्रो साता हुँदा त्यहाँ काम गर्ने जनशक्ति छैन । जिल्ला अस्पतालमा लामो समयसम्म काम गरेका पूर्व जनस्वास्थ्य निरीक्षक बीरहरी राई यसलाई जिल्लाको दुर्भाग्य भन्छन् । 'सेवा दिन सम्पूर्ण उपकरण अत्याधुनिक भवन हुँदा समेत जनशक्ति नहुनु आफैँमा दुर्भाग्य हो,' उनले भने । निशुल्क प्रसुति केन्द्रमा काम गर्दै आएका डा.नविनचन्द्र भट्टको असारमै करार सकिएपछि प्रसुति केन्द्रमा ताला लागेको हो । जिल्लामा प्रसुति सेवा दिन सक्ने डा. भट्ट मात्र हुन् । उनको करार अवधि सकिएपछि उनले अध्ययनको लागि भन्दै जिल्ला छाडे । तीन साता अघि अप्रेशन भवन सञ्चालन भएपछि खुशी भएका जिल्लाबासी फेरि निराश भएका छन् । अस्पतालमा अप्रेशनमार्फ हुने पसुति केन्द्र बन्द भएपछि गर्भवती महिलाले भारतीय बजार धाउनु परेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments