Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2015-08-10

Gandaki, Gorkha, Gorkha

Narhari Sapkota १८ वर्षीया सुस्तमनस्थिती भएकी युवतीलाई साउन १८ गते बलात्कार प्रयास गरेको आरोपमा बुङकोट गाविस-३ का ५६ वर्षीय दलबहादुर रानालाई प्रहरीले साउन २४ गते गिरफ्तार गरी अनुसन्धान गरेको छ । घरमा एक्लै रहेकी बालिकालाई दिउँसो घरैमा गएर बलात्कार प्रयास गरेको आफन्तले देखेपछि युवतीको उद्धार गरिएको थियो भने अरोपित घटनास्थलबाट फरार भएका थिए । साउन १८ गतेको घटनाको उजुरी साउन २४ गते मात्रै पीडित परिवारले प्रहरीमा जाहेरी गरेपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्सपेक्टर रेशमलाल रेग्मीले बताए । पीडितलाई उजुरी नदिन पीडकले धम्की दिँदै आएका कारण उजुरीमा ढिलाइ भएको प्रहरीको प्रारम्मिक अनुसन्धानबाट खुलेको उनले बताए । धम्की दिएको र मिलापत्र समेत नभएपछि बल्ल पीडितकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । आरोपित विरुद्ध जिल्ला अदालतबाट साउन २४ गते नै तीन दिनको म्याद थप गरी जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नरहरि सापकोटा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments