Incident Reports

अखण्ड नवलपरासीको माग गर्दै दोस्रो दिन पनि दाउन्ने पश्चिम बन्द

2015-08-11

अखण्ड नवलपरासीको माग गर्दै नवलपरासीको पश्चिम क्षेत्रमा आज दोस्रो दिन पनि बन्द आह्वान गरिएको छ । विभिन्न सामाजिक सघं–सस्थाको ऐक्यबद्धतामा आज पनि परासी, बर्दघाट, सुनवललगायत तल्लो भेगका बजारहरु बन्द गरिएको आन्दोलनको अगुवाई गरिरहेको नागरिक समाज जिल्ला समन्वय समितिका अध्यक्ष रामजी ज्ञवालीले जानकारी दिए । महत्वपुर्ण आर्थिक क्षेत्र र पर्यटकीय हिसावले अत्यन्तै महत्वपूर्ण जिल्लालाई खण्डिकरण गर्न खोजिएको भन्दै जलविद्युत, गण्डकलगायतका थुप्रै आयोजनाबाट विमुख गराउन खोजिएकाले आन्दोलन गर्न बाध्य भएको ज्ञवालीले बताए । आन्दोलनमा निजी क्षेत्रको उद्योग वाणिज्य सघं, रामग्राम जेसिजलगायत थुप्रै सामाजिक सघं–सस्थाले सर्मथन जनाएका छन । समितिको अगुवाईको विभिन्न स्थानमा सांकेतिक रुपमा जुलुस निकालिएको थियो । बन्दको आह्वान भएपछि बजार आशिंक रुपमा बन्द भएपनि पूर्व–पश्चिम राजमार्गमा भने सवारी साधन चलेका छन भने शिक्षंण सस्था पनि खुलेका छन । शान्तिपूर्ण आन्दोलन भएकाले आफ्ना माग पुरा नहुँदासम्म आन्दोलन जारी रहने नागरिकहरुको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis