Incident Reports

जुम्लामा गोली चल्यो, एक गम्भीर

2015-08-11

Karnali, Jumla, Chandannath

जुम्ला सदरमुकाम खलंगामा प्रदर्शनकारीको भीड बढ्दै गएपछि प्रहरीले प्रतिकार गरेपछि झडपको स्थिति श्रृजना भएको छ। यसैबीच आन्दोलनलाई शान्त पार्न भन्दै प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागि निर्माण व्यवसायी संघ जुम्लाका अध्यक्ष राजबहादुर महत घाइते भएको प्रदर्नकारीहरूले जनाएका छन्। उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल जुम्ला पुर्‍याइएको छ। गोली प्रहारपछि आन्‍दोलनकारी थप उत्तेजित भएपछि स्थिति तनावग्रस्त छ। शनिबार चार दलका शीर्ष नेताहरूले ६ प्रदेशको सीमाङ्क गर्ने निर्णयपछि स्वायत्त कर्णाली प्रदेशको माग गर्दै भइरहेको आन्दोलनका चर्किएको हो। यसअघि बिहान १४ राउन्ड हवाई फायर गरेको प्रहरीले मध्यान्ह ४ राउन्ड गोली चलाएको हो । क्षतिपूर्तिसहितको अखण्ड कर्णालीको माग गर्दै प्रदर्शनकारीले नेपाली कांग्रेस, एमाले, एमाओवादी र नेकपा–माओवादीका पार्टी कार्यालय तोडफोड गरेका छन् । बिहान कांग्रेस कार्यालय तोडफोड गर्न लागेपछि प्रहरीले हवाई फायर गरेको थियो । अहिले जिल्ला प्रशासन कार्यालय प्रदर्शनकारीले घेराउ गरेर राखेका छन् भने पूरै बजार बन्द छ । मूख्य बजारमा नै केहीअघि प्रहरीले गोली चलाएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Light weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments