Incident Reports

तराईका २२ जिल्ला आज पनि बन्द

2015-08-11

Lumbini, Dang, Tulsipur

प्रस्तावित संघीय ६ प्रदेशको विरोधमा विभिन्न पार्टी सम्वद्ध थारु संगसंगठनहरुले आह्वान गरेको बन्दका कारण दाङसहित तराईका २२ जिल्लाको जनजिवन प्रभावित भएको छ। थरूहट/थारूवान संयुक्त संघर्ष समितिले मंगलवार एक विज्ञप्ति जारी गरी ३२ गतेसम्म तराईका २२ जिल्लामा आमहड्ताल घोषणा गरिएको जनाउ दिएको छ। आदीबासी थारू बाहुल्यता रहेका तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चपुर जस्ता जिल्लाहरुलाई प्रस्तावित संघीय संरचनामा अलग/अलग प्रदेशमा राखिएकोले त्यो एउटै प्रदेश वनाउनुपर्ने थारु अगुवाहरुले बताएका छन्। थारु समुदायलाई उपेक्षा गरि प्रदेश सीमांकन गरिएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए। उनले सदनको भाषा शीर्ष दलका शीर्ष नेताहरुले नसुनेका कारण वाध्य भएर सडक आन्दोलन गर्नु परेको बताए। थारु कलस्टर क्षेत्रलाई हचुवाको भरमा विभाजन गरिएकोले सीमांकन परिमार्जन गरी चितवनदेखि पश्चिमका जिल्लाहरु थरूहट प्रदेशमा राख्नुपर्ने उनको माग छ। बन्दको प्रभाव दाङसहित आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ। यातायात, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन्। लगातारको बन्दले मध्यपश्चिम क्षेत्रको जनजिवन कष्टकर बन्दै गएको छ। सल्यान, रुकुम, सुर्खेत र जुम्लामा आन्दोलन अझैं रोकिएको छैन। कतै प्रदेशको सीमांकन गर्दा जिल्ला टुक्राएको त कतै हचुवाको भरमा प्रेदश राखिएकोले सच्चाउनुपर्ने माग गर्दै बन्द र हड्ताल हुँदै आएको छ। थारू समुदायका व्यक्तिहरुले थालेको एक हप्ता लामो आमहड्तालका कारण जनजीवन थप प्रभावित बन्ने देखिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis