Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-08-10

Lumbini, Palpa, Rambha

 सात वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा ताहुँ गाविस-३ ताहुँबजारका २३ वर्षीय खेमराज सुनारलाई ०७२ साउन २६ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरेको छ । बालिकालाई साउन २५ गते दिउँसो बालिकाको घर नजिकै बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २६ गते प्रहरी चौकी ताहुँमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन साँझ गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा ल्याइएको सई मोतीबहादुर खड्काले बताए । पीडित बालिकाको साउन २६ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भयो । यज्ञमूर्ति तिमिल्सिना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments