Incident Reports

नेकपा माओवादीका कार्यकर्ताद्वारा गाविस सचिवलाई दुर्व्यवहार

2015-08-13

Gandaki, Tanahun, Byas

नेकपा माओवादी (विप्लव) का कार्यकर्ताको एक समूहले घाँसीकुवा गाविसका सचिव रामराज न्यौपानेलाई मोसो र जुत्ताको माला लगाई दुर्व्यवहार गरेको छ । माओवादीका कार्यकर्ताहरूले साउन २६ गते राती ७ बजे न्यौपानेलाई व्यास नपा -२ स्थित उनकै घरमा गई दुर्व्यवहार गरेका हुन् । भूकम्प पीडितलाई राहतका लागि आएको रकमको दुरुपयोग गरेको, विभिन्न शीर्षकमा गाविसलाई प्राप्त रकमको दुरुपयोग गरेको, घाँसीकुवा गाविस- ६ स्थित करिब ४० रोपनी सार्वजनिक जग्गा खानी दर्ताको लागि अनुमति दिएको र अख्तियारमासमेत उक्त गाविसको भ्रष्टाचारसम्बन्धी उजुरी परे पनि कारबाही गर्न ढिला गरेको आरोप माओवादी कार्यकर्ताले लगाएका थिए । गाविस सचिव न्यौपानेलाई कारबाही गर्न दिउँसो उनको कार्यालयमा गए पनि उनी बिदामा बसेको कारण उनको घरमै गएर कारबाही गर्नु परेको नेकपा माओवादी तनहुँका सचिव निरु थापाले बताए । घटनाका बारेमा सचिव न्यौपानेसँग बुझ्न खोज्दा उनीसँग सर्म्पर्क हुन सकेन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to the delivery of non-government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments