Incident Reports

दुई थरिको बन्दले गण्डकी र धौलागिरी ठप्प ,पोखरामा तीन जना पक्राउ

2015-08-16

Gandaki, Kaski, Pokhara Lekhnath

मोहन वैद्य नेतृत्वको माओवादी, संघीय समाजबादी फोरम लगाएतका दलहरुले गरेको गरेको बन्दका कारण पोखरा सहित देशभरको जनजीवन प्रभावित भएको छ। नेकपा – माओवादी नेतृत्वको मोर्चा र हिन्दूराष्ट्र संरक्षण अभियानको बन्दले पोखरा सहित गण्डकी र धौवलागिरीमा बन्दको प्रभाव परेको छ। दुई थरीका बन्दकर्ताको कारण पोखरामा क्षेत्रको जनजीवन बिहानैदेखि प्रभाबित बनेको छ। हिन्दूराष्ट्र संरक्षण अभियानले नेपाललाई हिन्दु राष्ट्र घोषणको माग गर्दै गण्डकी र धौलागिरी बन्द आव्हान गरेको हो। बन्दको कारण पोखराबाट बाहिरने र भित्रने लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन संचालनमा आएका छैनन्। नगर क्षेत्रमा कुनैपनि सवारी चलेका छैनन् भने सिद्धार्थ राजमार्ग, पृथ्बी राजमार्ग र भूपि शेरचन राजमार्गमा पनि सवारी चल्लन सकेका छैनन्। दुबै तर्फका बन्दकर्ताहरु बिहानैदेखि सडकमा निस्केर बन्द गराउदै हिडेका छन्। पोखराका बिभिन्न चोकहरुमा बन्दकर्ताहरु बसिरहेका छन्। बन्दको कारण बजार, पसल, कलकारखाना, शिक्षण संस्था सबै ठप्प छ। त्यस्तै ६ प्रदेशको सीमांकन तथा प्रस्तावित मस्यौदा खारेजीको माग सहित वैद्य नेतृत्वको माओबादी, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम लगायतका दलले आम हड्ताल गरेका हुन्। बन्दका क्रममा प्रेस, एम्बुलेन्स, मानवअधिकार, कुटनीतिक नियोग, पर्यटक , दुध तथा तरकारी बोक्ने गाडिलाई छुट दिने बन्दकर्ताले बताएका छन्। बन्दको क्रममा हुने संभावित घटनालाई ध्यान दिँदै सुरक्षा ब्यबस्था पनि कडा पारिएको कास्की प्रहरीका प्रहरी प्रमुख हरी बहादुर पालले जानकारी दिए। बन्द गराउदै हिड्ने तीन जनालाई प्रहरीले बिहानै नियन्त्रणमा लिएको छ। पृथ्बीचोकमा बन्द गराउँदै हिडेका हिन्दूराष्ट्र संरक्षण अभियानका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। मोहन वैद्य नेतृत्वको माओवादी, संघीय समाजवादी फोरम लगाएतका दलहरुको बन्द साउन ३२ गते पनि रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , CPN-M (Baidya) , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals Private company Chamber of Commerce and entrepreneur's associations Transport entrepreneurs/syndicate Other private sectors
Actor 2 - Youth na
National/Online Media

0 Comments