Incident Reports

जुम्लामा कर्फ्यु जारी, गाउँका प्रहरी चौकी खाली

2015-08-18

Karnali, Jumla, Chandannath

संघीय संरचनामा कर्णालीलाई सुदुरपश्मिमसँग गाभिएको र विशेष अधिकार सहितको कर्णाली स्वायत्त प्रदशेको माग गर्दै थालिएको कर्णाली आन्दोलनको दशैं दिन आज पनि जुम्लामा कर्फ्यु जारी छ । बिहान दैनिक उपभोग्य सामान खरिद बिक्रिको लागि दुई घण्टा कर्फ्यु फिर्ता लिएको भएपनि प्रशासन कार्यालयले फेरि अर्को व्यवस्था नहुञ्जेल सम्मको लागि ८ बजेबाट पुन कर्फ्यु लगाएको छ । कर्फ्युले यहाँको जनजीवन कष्टकर बनेको छ । आन्दोलनकारीहरुले दिनहुँ कर्फ्यु तोड्नेदेखि हुलदंगा गर्ने र सरकारी भौतिक संरचनामा आगजनी गर्ने कार्य गरिरहेकोले कर्फ्यु फिर्ता लिन नसकिने प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले जानकारी दिएका छन् । आन्दोलनकारी र प्रहरी प्रशासनका विचमा मिडिएटरको भूमिका निर्वाह गरि आन्दोलनलाई शान्तिपूर्ण बनाउनको लागि नागरिक समाजलाई आग्रह गरेका छन् । यता गाउँमा प्रहरी चौकी घेर्नेदेखि साईनबोर्ड फ्याक्नेसम्मको कार्य भएपछि गाउँमा रहेका प्रहरी चाकी खाली हुँदै आएका छन् । प्राय: सबै चौकीहरुबाट जनशक्ति सदरमुकाम आइसकेको प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव उपरीक्षक विष्णुहरी कोइरालाले गाउँमा प्रहरीलाई बस्न नदिएपछि सदरमुकाम आएको बताए । उनले भने, 'गाउँका प्रहरीलाई दैनिक घेर्नेदेखि तोडफोड गर्ने गरिएपछि सदरमुकाम बोलाइएको छ । गाउँका प्रहरीले चौकीमा बसेर गोली हान्नु कि सदरमुकाम आएर बस्नु बाहेकको विकल्प छैन ।' सदरमुकाम क्षेत्रमा आन्दोलनकारीले तनाव सृजना गरिरहेको र सुरक्षा व्यवस्था कडाईका लागि पनि सुरक्षाकर्मीलाई सदरमुकाममा झिकाइएको कोइरालालले बताए । सदरमुकाम क्षेत्रमा गाउँका चौकी खालि गरेर प्रहरी खटाइएपछि गाउँमा असुरक्षा बढ्ने देखिएको छ । बिहानै नाराजुलु ------------ यसैबीच बिहान कर्फ्यु खुलेको समयमा आन्दोलनकारीले नाराजुलुस गरेका छन् । जुम्ला बसपार्क क्षेत्रमा सामान्य झडप भएपनि कोही घाइते भएका छैनन् । जिल्लाको लाम्रा र हाँकु गाविसमा रहेका सम्पूर्ण सरकारी कार्यालयका साईनबोड उप्काइसकेका छन् । बिहान त्यहाँका आन्दोलनकारीले इलाका प्रहरी चौकी हाँकुमा समेत तोडफोड गरेर साइनबोर्ड निकालेर फ्याकेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments