Incident Reports

जुम्लामा ४ दिन देखिको कर्फ्यू हट्यो

2015-08-19

Karnali, Jumla, Chandannath

जुम्लामा स्थानीय प्रशासनले ४ दिन देखि लगाएको कर्फ्यू वुधबार विहान देखि हटाएको छ। वडिमालिका र नागपञ्चमीको डोलीको लागि सर्वसाधारणलाई समस्या पर्ने भएको भन्दै प्रशासनले कर्फ्यू हटाएको हो। विहान ८ बजे देखि कर्फ्यू सकिएको प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले बताए। मंगलबार स्थानीय प्रशासन र दलहरुको बीच वार्ता भएको थियो। वार्तामा आन्दोलन शान्तपूर्ण रुपमा गर्ने सहमति भएको थियो। कर्फ्यू हटेसँगै जुम्लामा विहानै देखि पसलहरु खुलेका छन् भने मानिसहरुको चहलपहल बढेको छ। प्रदेश सीमाङ्कनमा कर्णालीलाई सुदूर पश्चिमसँग गाभिएको विरोधमा आइतबारदेखि जुम्लामा आन्दोलन सुरु भएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments