Police have arrested 17 persons including nine boys in connection with the vandalism during the Janakpur bandh called by Samyukta Madhesi Morcha.
Protestors had vandalized motorcycle, ambulance, hotel and motorcycle showroom in yesterday's protest.
The Madhesi Morcha refused to participate in the all-side meeting called by local administration to find alternatives to protest, stop using children, and make the protest peaceful.
Sanjay Chaudhary of Madhesi Janadhikar Forum said that Chief District Officer Kali Prasad Parajuli proposed to find alternatives during the meeting attended by major political parties, bus entrepreneurs, Janakpur FNCCI and civil society.
Binod Kumar Rabidas
संयुक्त मधेशी मोर्चाले आह्वान गरेको जनकपुर बन्दको क्रममा हिजोदेखि तोडफोडमा संलग्न नौ बालकसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । हिजोको आन्दोलनमा प्रदर्शनकारीले मोटरसाइकल, एम्बुलेन्स,होटल, र मोटरसाइकल सोरुममा तोडफोड गरेका थिए ।
स्थानीय प्रशासनले आन्दोलनको विकल्प खोज्न, बच्चाहरु प्रयोग रोक्न, आन्दोलनलाई शान्तिपूर्ण तथा व्यवस्थित गर्न सर्वपक्षीय बैठक बोलाएकोमा मधेशी मोर्चा बैठकमा सहभागी भएन । बैठकमा मधेशी मोर्चा बाहेक ठूला राजनीतिक दल, बस व्यवसायी,जनकपुर उद्योग वाणिज्य सङ्घ र नागरिक समाजको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बन्दको विकल्प खोज्न प्रस्ताव गरेको मेधशी जनअधिकार फोरमका उपाध्यक्ष संजय चौधरीले बताए ।
विनोद कुमार रविदास