Incident Reports

जातीय सद्भाव कायम गर्न भन्दै विराटनगरमा र डडेल्धुरा र्‍याली प्रदर्शन

2015-08-25

Province 1, Morang, Biratnagar

 देशका विभिन्न स्थानमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधि भइरहेको अवस्थामा डडेल्धुरामा सद्भाव र्‍यालीको आयोजना गरिएको छ। शान्ति समिति डडेल्धुराको आयोजनामा आज बिहान सद्भाव र्‍यालीको आयोजना गरिएको हो। ‘हामी नेपाली, हाम्रो नेपाल’ भन्ने नारासहित बृहत् सद्भाव र्‍याली आयोजना गरिएको हो। र्‍यालीमा सयौँको सङ्ख्यामा कर्मचारी, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो। सद्भाव र्‍यालीले डडेल्धुराको तुफानडाँडा, बागबजार, खलङ्गालगायत नगरक्षेत्रमा परिक्रमा गरेको छ। सबै मिलेर शान्ति र सद्भाव फैलाउनेतर्फ लाग्नुपर्ने भएका कारण सबैमा सद्भाव कायम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए। देशमा शान्ति र अमनचयनसँगै समुदायबीच भइरहेको सद्भाव बिथोलिने क्रियाकलापलाई निरुत्साहित गर्न डडेल्धुरामा बृहत् सद्भाव ¥याली आयोजना गरिएको शान्ति समितिका संयोजक लालबहादुर ऐरीले बताए। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments