Incident Reports

नेपालगन्जमा कर्फ्यू हट्यो

2015-08-26

Lumbini, Banke, Nepalgunj

स्थानीय प्रशासनले नेपालगन्जमा लगाएको कर्फ्यू हटाएको छ। जनजीवन सहज बन्न थालेपछि कर्फ्यू जनजीवन सामान्य बन्दै गएपछि कर्फ्यू हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले नागरिकन्यूजलाई जानकारी दिए। 'शान्ति, सुरक्षामा सुधार आएकाले कर्फ्यू लगाउन कर्फ्यू हटाएका हौं,' उनले भने 'निषेधाज्ञा भने यथावत छ।' मधेसी मोर्चाको आन्दोलनका कारण असहज परिस्थिती सिर्जना हुन थालेपछि प्रशासनले मंगलबार (हिजो) दिउँसो २ बजेदेखि आज बिहान ६ बजे सम्म राँझादेखि जमुनाहा, फुलटेक्रादेखि नन्दनी मिल सम्मको क्षेत्रमा कर्फ्यू लगाएको थियो। कर्फ्यू खुलेपछि दैनिक उपभोग्य बस्तु किनमेल गर्ने सर्वसाधारणको बिहान बजारमा भिड लाग्यो। कर्फ्यू हटेपछि सर्वसाधारणको आवत जावत पनि बढेको छ। जनजीवन सामान्य बन्दै गएपछि शिक्षण संस्था पनि छिटपुट रुपमा खुलेका छन्। यसैबीच बाँके प्रशासनले कोहलपुर बजार क्षेत्रमा भने आज बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्मका लागि पुनः कर्फ्यू लगाएको छ। कोहलपुर चौराहादेखि उत्तरमा कौशिलानगर, दक्षिणमा राँझा चोक, पुर्वमा चप्परगौडी र पश्चिममा मदनचोक सम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रजिअ लेखकले बताए। उक्त क्षेत्रमा आज बिहान ९ बजेदेखि अनिश्चितकाल सम्मका लागि निषेधाज्ञा जारी समेत गरिएको उनले जानकारी दिए। यसअघि कोहलपुरमा हिजो दिउँसो ३ बजेदेखि आज बिहान ४ बजे सम्म कर्फ्यू लगाइएको थियो।

0 Comments