Incident Reports

दोस्रो दिन पनि गुलरिया र राजापुरमा निषेधित क्षेत्र जारी

2015-08-26

Lumbini, Bardiya, Gulariya

स्थानीय प्रशासनले गुलरिया र राजापुर नगरपालिकाको केही क्षेत्रलाई जुलुस, प्रदर्शन, सभा,धर्ना गर्न नपाईने भन्दै निषेधित क्षेत्र तोकेको छ । गुलरिया क्षेत्रमा विगत केही समय यता लाठी लगायतका जुलुस धर्ना हुँदै आएकोमा त्यसलाई रोक्न निषेधित क्षेत्र जारी तोकिएको हो । गुलरियामा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागु गरेकोमा यसलाई निरन्तरता दिएको छ । राजापुरका केही स्थानमा बिहान ९ देखि बेलुकी ५ बजेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । संभावित अप्रिय घटना नहोस भन्दै निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले बताए । लाठी, भाला, पेट्रोल लगायत प्रतिबन्धित घरेलु हतियार लिएर जुलुस प्रदर्शन गर्न रोक लगाइएको छ । यो नियम बर्खिलाप गरे पक्राउ गर्ने र अटेर गरे गोली हान्ने आदेश दिएको प्रजिअ कुँवरले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Protesters/demonstrators
Actor 2 - Youth na
National/Online Media

0 Comments